१६औं बान्तावा कविता प्रतियोगितामा थामथुमे काइँला प्रथम
काठमाडौं, २ माघ। बान्तावा भाषाको मासिक पत्रीका बुङ्वाखाको १६ औँ स्थापना दिवसका अवसरमा आयोजित "१६औँ बान्तावा अनलाईन कविता प्रतियोगिता - २०७७" को नतिजा सार्वजनिक गरिएको छ। बान्तावा भाषासेवी श्यामराज दुब्देङ्हाङ राईको नवौं स्मृती दिवस तथा किरात यले सम्बत ५०८१ को अवसरमा माघ १ गते कविताको नतिजा सार्वजानिक गरिएको हो । जयकुमार रुछेन्बुङ् राई कवि श्रीशिशा राई, बुङ्वाखाकर्मी असिम सोङ्मेन राई तथा कवि सगुन सुसाराको निर्णायक टोलिको नतिजा अनुसार पाँचथरका जयकुमार रुछेन्बुङ राई (थामथुमे काइँला) प्रथम भएका छन् भने भोजपुर घर भई हाल दक्षिण कोरियामा कार्यरत दिलिप खिम्दुङ बान्तावा दोस्रो र संखुवासभाका विविमाया राई तेस्रो भएका छन् । दिलिप खिम्दुङ्ग बान्तावा पुरस्कृत कविहरूलाई ‘बुङ्वाखा–श्यामराज दुब्देङ्हाङ स्मृति
Read More