जबर्जस्ति करणिको अभियोगमा पक्राऊ
हतुवाहेराल्ड डेस्क, २४ साउन। रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका-१ खोदखोदिया बस्ने २५ वर्षीय प्रभुदयाल मिश्रलाई १५ बर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मिश्रले किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै गरि उदयपुर, चौदण्डीगढी नगरपालिका-६ सातधारे बस्ने २५ वर्षीय सुनिल कुँवरलाई १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । कुँवरले किशोरीलाई ललाईफकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ
Read More