Home > स्थानीय समाचार

शिक्षक महासंघ हतुवागढिले कोरोना प्रकोप ब्यबस्थापनका लागी आर्थिक सहयोग जुटायो।

रविन थापा "बगाले"हतुवागढी, १ साउन। नेपाल शिक्षक महासंघ हतुवागढिले कोरोना प्रकोप ब्यबस्थापनका लागि हतुवागढी गाउँपालिकाद्धारा सञ्चालित अभियानमा आर्थिक सहयोग प्रदान गरेको छ। हतुवागढी गाउँपालिकाभित्र सञ्चालित सामुदायिक बिद्यालयमा कार्यरत शिक्षक, कर्मचारिहरुको दुई दिनको तलव बराबर हुन आउने रकम प्रभु बैंक हतुवागढी शाखामा रहेको गाउँपालिकाको प्रकोप ब्यबस्थापनको खातामा हिजो असार ३१ गतेका दिन ३ लाख ३६ हजार ८३१ रुपैँया जम्मा गरि सो को भौचर गाउँपालिका अध्यक्ष प्रेमकुमार राईलाई हस्तान्तरण गरिएको कुरा महासंघ अध्यक्ष ईश्वरबहादुर खड्काले जानकारी दिनुभएको छ। हतुवागढी गाउँपालिकाभित्रका ३८ मध्ये ३६ वटा बिद्यालयहरुमा कार्यरत १७४ जना शिक्षकहरुबाट सो सहयोग संकलन गरिएको हो भने बाँकि २ वटा बिद्यालयबाट सहयोग रकम जम्मा हुन बाँकी

Read More

होम्ताङ्ग सेवा समाज काठमाडौको एम्बुलेन्स हतुवागढी पुग्यो।

हतुवागढी, १८ असार ।होम्ताङ्ग सेवा समाज काठमाडौको पहलमा दाताहरुबाट संकलित रकमबाट खरिद गरिएको एम्बुलेन्स हतुवागढी गाउँपालिकालाई हस्तान्तरणका लागि हतुवागढी पुर्‍याईएको छ। हतुवागढी गाउँपालिकाको कार्यालय परिसरको पार्किङ्गमा एम्बुलेन्स भोजपुर जिल्लाको दुर्गम भु-भाग हतुवाक्षेत्रमा सडक यातायात तथा अन्य भौतिक पुर्बाधारहरुको यथोचित सुबिधा नहुँदा आकस्मिक तथा दुर्घट्नाजन्य बिरामिहरुलाई तत्कालै सुबिधा सम्पन्न अस्पतालमा पुर्‍याउन समस्या भईरहेको अवस्थामा निक्कै लामो समय अघिदेखी होम्ताङ्ग सेवा समाज काठमाडौले यो क्षेत्रमा एम्बुलेन्स सेवा प्रवाह गर्ने अठोट सहित काम गरिरहेको थियो। यसका लागि विशेष गरि साविक होम्ताङ्ग गा. बि. स. बाट देश परदेशमा छरिएका ब्यक्तिहरुबाट चन्दा सहयोग संकलन गरिएको थियो। देशको राजनैतिक संक्रमणकालिन अवस्था, विभिन्न कानुनी उल्झन् लगायतका कारणहरुले समय मै एम्बुलेन्स

Read More

हतुवागढिमा निरन्तर बिद्युत आपुर्ती बन्द हुँदा सेवाग्राही आक्रोशित

रबिन थापा "बगाले" हतुवागढी, २४ बैशाख। लामो समयको प्रयास पस्चात गत बर्ष मात्रै बिद्युत बिस्तारले पुर्णता पाएपछी उत्साहित हतुवागढिका नागरिकहरु निरन्तर बिद्युत सेवा अवरुद्ध भईरहँदा भने मारमा परेका छन्। नेपाल बिद्युत प्राधिकरणले लोड शेडिङ्ग नहुने तथा बिद्युतको खपत बढी गर्न जोड गरिरहेको अवस्थामा हतुवागढिमा भने यसको उल्टो भईरहेको छ। स्थानियहरुका अनुसार बिद्युत सेवा गत असार-साउन महिनादेखी नै अनियमित हुँदै आएको हो। उनिहरुका अनुसार यसको दीर्घकालिन समाधानमा स्थानिय सरकार तथा सम्बन्धित कसैले पनि आवस्यक ध्यान दिएका छैनन्। नेपाल बिद्युत प्राधिकरणको भोजपुर बितरण केन्द्रबाट बितरित बिद्युतको बिद्युतिय तारहरु टाँग्नका लागि गाडिएका खम्बाहरु मजबुत र दीर्घकालिन नहुँदा सामान्य हावाहुरिमा समेत सेवा अवरुद्ध हुने गरेको छ। सेवाक्षेत्रभित्र

Read More

हतुवागढिले ‘लकडाउन’ प्रभावकारी बनाउन स्वयंसेवक भर्ना गर्दै

हतुवागढी, २६ चैत। भोजपुर जिल्लाको हतुवागढी गाउँपालिकाले सिमा नाकाहरु बन्द गर्ने प्रयोजनार्थ स्वयंसेवक भर्ना गर्ने भएको छ। बिश्वब्यापि महामारिको रुपमा फैलिएको कोरोना भाईरसका कारण देश ब्यापी 'लक डाउन' गरिएपछी हतुवागढी गाउँपालिकाले तराईबाट हतुवागढी प्रबेश गर्ने मुख्य नाकाहरुमा कडाइका साथ मानविय आवागमनलाई बन्देज गरेको छ। सोही प्रयोजनार्थ अरुण र दुधकोशी नदिमाथिका झोलुङ्गे पुलहरुमा सुरक्षाकर्मी सहितको नियन्त्रण टोलि राख्ने गाउँपालिका अन्तर्गतको Rapid Response Team को निर्णय अनुसार स्वयंसेवक परिचालन गर्न लागिएको हो। हिजो चैत २५ गते हतुवागढि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खतिवडाद्धारा हस्ताक्षरित सुचना अनुसार चैत २५ गते बसेको RRT को बैठक निर्णय अनुसार हतुवागढि वडा नम्बर ६ स्थित (अरुणनदिमाथी) सुनबालुवा

Read More

घोडेटारमा दैनिक उपभोग्य बस्तुहरुको मूल्य निर्धारण

रविन थापा “बगाले” हतुवागढी, २५ चैत। भोजपुर उद्योग बाणिज्य संघ शाखा कार्यालय घोडेटारको अगुवाईमा घोडेटार बजार ब्यबस्थापन तथा अनुगमन समितिको गठन गरि दैनिक उपभोग्य बस्तुहरुको मूल्य निर्धारण गरेको छ। कोरोना भाईरसका कारण देशब्यापी लकडाउन गरिएको अवस्थामा सर्वसाधारण नागरिकहरुमा दैनिक उपभोग्य सामग्रीहरुको अभाव हुन नदिन तथा कालोबजारी र कृत्रिम अभाव सृजना हुन नदिन यस्तो गरिएको बताईएको छ। घोडेटार बजारमा आज गठन गरिएको समिति तपसिल बमोजिम रहेको भोजपुर उद्योग बाणिज्य संघ शाखा कार्यालय घोडेटारका सचिव प्रल्हाद थापाले बताउनुभएको छ: १. संयोजक : भीम बहादुर प्रधान ( उ. बा. संघ घोडेटार, कार्यबाहक अध्यक्ष ) २. सदस्य : नारायण प्र निरौला ( उ. बा. संघ घोडेटार,

Read More

हतुवागढिमा कोरोना भाईरस रोकथाम तथा नियन्त्रण राहतकोष स्थापना

हतुवागढी, २३ चैत। हतुवागढी गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका लागि कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि राहत कोषको स्थापना गरेको छ। चैत २२ गते गाउँपालिका अध्यक्ष प्रेमकुमार राईद्धारा जारी बिज्ञप्तिमा उल्लेख गरिए अनुसार उक्त राहतकोषका लागि गाउँपालिकाका जनप्रतिनिधिहरुले पाउँदै आएको १५ दिनको सेवा सुबिधा बापतको रकम, गाउँ कार्यपालिका कार्यालय तथा सो अन्तर्गतका कर्मचारिहरु मध्ये अधिकृत स्तरको शुरु तलव स्केलको ५ दिन, सहायक स्तर तथा सहयोगिहरुको ३ दिनको तलव बराबरको रकम राहतकोषमा जम्मा गर्ने निर्णय गरिएको उल्लेख छ। उक्त राहतकोषमा स्वास्थ्य सेवा वा स्वास्थ्य संस्थामा संलग्न कर्मचारिहरुले भने जम्मा गर्नुपर्ने छैन। साथै प्रत्येक वडामा कोरोना भाईरसका बिषयमा गुनासो संकलनको ब्यबस्था गरिएको तथा सो बिषयमा

Read More

पात्लेपानी कला, साहित्य प्रतिष्ठानले गर्ने “शब्द संगम – २०७६” कार्यक्रमको तयारी पुरा

मदन पुरस्कार विजेता लेखक/आख्यानकार राजन मुकारुङ तथा युद्ध साहित्यका प्रवर्तक एवं पहिचान साहित्य पुरस्कारका संस्थापक काङ्माङ्ग नरेशको उपस्थितिमा आगामी फागुन २४ गतेका लागि पात्लेपानी कला, साहित्य प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरेकोछ। नेपाली कला र साहित्यको प्रवर्धनमा निरन्तर समर्पित उक्त प्रतिष्ठानले आयोजना गर्ने ‘शब्द संगम–२०७६’ कार्यक्रममा साहित्यकारद्वय मुकारुङ र काङ्माङ्ग हतुवागढीको पात्लेपानी आउन लाग्नुभएको हो। काङ्माङ्ग नरेशको एकल कविता वाचन, वाचन गरिएका कविता माथि कलाकार एवं कार्टुनिष्ट ओम डि.सि.आर.को पेन्टिङ प्रर्दशन , स्थानीय कवि पूर्ण सन्ध्या समाधिको कविता संग्रह "टेकेर गुराँसमाथि" को चर्चा तथा समिक्षासँगै स्थानीय सर्जकहरुको रचना वाचन र चर्चामा रहेका नेपाली साहित्यका पुस्तकहरुको प्रर्दशनी हुने समेत बताईएकोछ। यस अघि वि.

Read More

सप्तकोशिमा जलयातायात सेवा सुचारु : भाडादर घट्यो

हतुवागढी, १६ फागुन। सप्तकोशी नदीमा जल यातायातको रूपमा सञ्चालित मोटरबोट सेवा केही दिन अगाडिबाट अवरुद्ध भएकोमा गत सोमबारबाट सञ्चालनमा आएको छ। स्थानीयबाट सुरक्षा खतरा बढेको तथा सरकारबाट नितिगत ब्यबस्थाको अभाव भएको भन्दै बन्द गरिएको मोटरबोट सेवा सरोकारवाला तथा जेट्बोट सञ्चालकहरुसंगको छलफल र सहमतिपछी पुनः सञ्चालनमा आएको बताईएकोछ। स्थानियहरुको माग अनुसार स्थानियहरुलाई रोजगारी र सहुलियत भाडादराको बिषयमा सहमती भएपछी सेवा सुचारु गरिएको हो। नयाँ सहमति अनुसार चतराबाट धनकुटाको साँघुरीगढी गाउँपालिकाको संखुवा सम्मको भाडा रु. ३०० बाट २५०, चतराबाट सहिदभूमी गाउँपालिकाको त्रिवेणी सम्मको भाडा रु. ३५० बाट रु. ३०० र चतराबाट हुतवागढी –९ हसनपुरको सिम्ले–हलेदे नदी किनार आसपासका स्थानीयको भाडा रु.

Read More

लुङ्गिन स्थित कावाखोलामा पक्की पुलको शिलान्यास

हतुवागढी, १२ फागुन। भोजपुर जिल्लाको दक्षिणी ईलाकाहरु रामप्रसाद राई गाउँपालिका र हतुवागढी गाउँपालिकाको सिमाना भएर बग्ने कावाखोलामा मोटरेबल पक्की पुल बन्ने भएको छ । भोजपुर–मानेभज्याङ–रानीबास–घोडेटार सडक खण्ड अन्तर्गत पर्ने सो खोलामा आगामी असार महिना भित्र सम्पन्न गर्ने गरि हिजो फागुन ११ गते पुल निर्माणस्थल मै सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्ला समन्बय समितिका प्रमुख लक्ष्मण खड्का, रामप्रसादराई गाउँपाालिकाका प्रमुख विजय राई र हतुवागढी गाउँपाालिकाका प्रमुख प्रेमकुमार राईले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो। स्वीस सरकारको करिब रु. ५ करोड अनुदान लागतमा निर्माण गर्न लागिएको पुल ४० मिटर लम्वाई, ६ मिटर चौडाई र दुबैतर्फ १.२ मिटरको पैदलमार्ग सहित निर्माण गरिने स्विस बिकास नियोग

Read More

बगाले थापा कल्याणकारी परिषद लुङ्गिनको नवौँ साधारणसभा सम्पन्न : १ लाख ७५ हजार छात्रबृत्ती बाँडियो

रबिन थापा "बगाले" हतुवागढी-भोजपुर, १० फागुन। आफुहरुलाई काजी भिमसेन थापाको सन्तती दावी गर्ने बगाले थापाहरुको "बगाले थापा कल्याणकारी परिषद जिल्ला शाखा हतुवागढी लुङ्गिन" को नवौँ बार्षिक साधारण सभा तथा छात्रबृत्ती बितरण एवं ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ। हतुवागढी-२ लुङ्गिन स्थित शिवालय प्रा. वि. को प्राङ्गनमा हिजो फागुन ९ गते आयोजित कार्यक्रममा हतुवागढी लगायतका अन्य गाउँपालिकाका विभिन्न बिद्यालयमा अध्ययनरत ३६ जना बिद्यार्थिहरुलाई १ लाख ७५ हजार रुपैँया छात्रबृत्ती बितरण गरिएको थियो। उक्त कार्यक्रममा हतुवागढी गाउँपालिका वडा नं. १ र २ (साविक रानिबास गा.वि.स.) भरिका कक्षा ८ मा उत्कृष्ट हुने बिद्यार्थी, सगरमाथा उच्च मा.वि. बाट अघिल्लो बर्ष "माध्यमिक शिक्षा परीक्षा" (SEE) उत्कृष्ट अंक

Read More