Home > स्वास्थ्य

RDT जाँचमा हतुवागढिका एक युवामा कोरोना ‘पोजिटिभ’

हतुवागढी, ९ बैशाख। COVID19 (कोरोना भाईरस) ले विश्व ब्यापी आतंक मच्याईरहँदा गत चैत ११ गतेबाट नेपाल सरकारले लागू गरेको 'लकडाउन' कै क्रममा भोजपुर जिल्लाको हतुवागढी गाउँपालिकाको एक जना युवामा RDT जाँच गर्दा आज कोरोना संक्रमण 'पोजिटिभ' देखिएको कुरा भोजपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरिले जानकारी गराउनुभएको छ। बैदेशिक रोजगारिका क्रममा साउदी अरेबियामा रहेका हतुवागढी गाउँपालिकाको होम्ताङ्ग निबासी २६ बर्षिय ती युवा गत फागुन ३० गते साउदिबाट काठमाडौ आईपुगेको बताईएको छ। काठमाडौबाट भने उनी चैत ०९ गते मात्रै हतुवागढी आईपुगेका थिए। काठमाडौबाट घर आईपुगेपछी Home Quarantine मा रहेका उनलाई RDT मा 'पोजिटिभ' पाईएपछी प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारको 'आईशोलेशन' मा राखिएको कुरा हतुवागढी

Read More

हतुवागढी गाउँपालिकाले नियमित औषधि सेवन गर्ने बिरामिलाई औषधि उपलब्ध गरायो

रविन थापा "बगाले" "नागरिकहरुको स्वास्थ्य सुरक्षाप्रती जिम्मेवार बन्दै गाउँपालिकाले अत्यावस्यक औषधि खरिद गरि स:शुल्क बितरण गरेको हो।" हतुवागढी, ३ बैशाख। विभिन्न दीर्घरोगका कारण नियमित औषधि सेवन गरिरहेका हतुवागढी गाउँपालिका भित्रका करिब ८० जना बिरामिहरुलाई गाउँपालिकाको पहलमा औषधि खरिद गरि हिजो गाउँपालिका अन्तर्गतको स्वास्थ्य शाखाले स:शुल्क बितरण गरेको छ। बिरामिलाई औषधि उपलब्ध गराईदै बिश्वब्यापी महामारिका रुपमा फैलिएको कोरोना भाईरसका कारण नेपाल सरकारले गरेको Lock Down ले गर्दा नियमित औषधि सेवन गरिरहेका विभिन्न दीर्घरोगका बिरामिहरुलाई समस्या हुने भएपछी केही दिन अघि गाउँपालिकाले त्यस्ता बिरामी र बिरामिले प्रयोग गरिरहेको औषधिको बिबरण संकलन गरेको थियो। नियमित औषधि सेवन गरिरहेका बिरामिहरुलाई बिबरण उपलब्ध गराउन आग्रह गरिएको गाउँपालिकाको सुचना। सोही बिबरण

Read More

हतुवागढिमा बन्यो ५० शैयाको क्वारेन्टाईन

रबिन थापा "बगाले" हतुवागढी, १७ चैत। तीन महिना अघि चिनको वुहान शहरबाट शुरु भएको कोरोना भाईरस (KOVID19) को प्रकोपबाट जोगिनका लागि हतुवागढी गाउँपालिकाले सम्भावित बिरामिहरुका लागि क्वारेन्टाईनको ब्यबस्था गरेको छ। गाउँपालिकाको पहलमा गाउँपालिकाको केन्द्र घोडेटार बजार नजिकै रहेको भिमेश्वरी आधारभुत बिद्यालयको भवनमा नेपाली सेना, फर्स्ट राईफल गण घोडेटारको प्राबिधिक टोलिद्धारा ५० शैयाको सो क्वारेन्टाईन निर्माण गरिएको कुरा गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभएको छ। साथै अध्यक्ष राईले यो संकटको समयमा सम्पुर्ण नागरिकहरुलाई घर बाहिर निस्कने, साथिभाई भेट्घाट अन्य प्रयोजनमा सामुहिक भेट्घाट गर्ने काम नगरिदिन र घरभित्रै सुरक्षित बसिदिन समेत अनुरोध गर्नुभएको छ। यस अघि नै तराईबाट हतुवागढी प्रबेश गर्ने प्रमुख नाकाहरुमा आवतजावत निषेध

Read More

कोरोना संक्रमण बिरुद्ध हतुवागढी गाउँपालिकाको यस्तो तयारी

रविन थापा "बगाले" हतुवागढी, १३ चैत। हतुवागढी गाउँपालिकाको गाउँ कार्यपालिकाले बिश्वब्यापी महामारिका रुपमा फैलिएको नोबल कोरोना भाईरस (COVID19) लाई आफ्नो गाउँपालिका क्षेत्रमा संक्रमण हुन नदिन विभिन्न उपायहरु अपनाएको छ। गत चैत ११ गतेका दिन हतुवागढी गाउँपालिका बिपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापन समितिको बैठक बसि विभिन्न निर्णयहरु गर्नुका साथै सो अनुसारका कामहरु समेत द्रुत गतिमा गरिदै गरिएको बताईएको छ। गाउँपालिका अध्यक्षको संयोजकत्वमा गठित सो समितिमा विभिन्न संघ संस्था, राजनैतिक दल, सुरक्षा निकायका प्रतिनिधिहरु सहित २७ जना सदस्यहरु रहेका छन्। सो बैठकबाट गाउँपालिका स्तरिय Rapid Response Team निर्माण र वडास्तरिय बिपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापन समिती निर्माण गरि तत्काल हतुवागढी क्षेत्रभित्र कोरोना भाईरसको संक्रमणलाई

Read More

कोरोनाको लक्षण नदेखिएको मानिसबाट समेत अन्यमा सर्ने तथ्य सार्वजनिक : कोरियामा मृत्यू हुनेको संख्या पाँच पुग्यो।

एजेन्सी, ११ फागुन । कोरोना भाइरसको कुनै पनि लक्षण नदेखिएकी एक महिलाद्वारा पाँच आफन्त संक्रमित भएका छन्। अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोएटर्सका अनुसार कोरोनाको इपिसेन्टर वुहानबाट ४०० माइल यात्रा गरेर उत्तरी एन्याङ प्रान्त पुगेकी २० वर्षीय ती चिनियाँ महिलामा कोरोनाको कुनै पनि लक्षण देखिएको थिएन । तर, उनको माध्यमबाट फैलिएको कोरोनाबाट पाँचजना आफन्त संक्रमित बनेको बताईएको छ। कुनै पनि लक्षण नदेखिएर पनि कोरोनाको संक्रमण फैलिन सक्ने नयाँ तथ्य शुक्रबार चिनियाँ वैज्ञानिकहरुले पेस गरेका छन् । जेङ पिपुल्स अस्पतालका डा. मियुन वाङका अनुसार जनवरी १० मा ती महिला वुहानबाट एन्याङ गएकी थिइन् र थुप्रै आफन्तहरुलाई भेटेकी थिइन् । जब उनीहरु बिरामी हुँदै

Read More

कोरोना भाईरसको बारेमा अग्रिम चेतावनी दिने चिनियाँ डाक्टरको निधन

एजेन्सी । चीनमा कोरोना भाइरसको संक्रमण हुँदैछ भनेर सुरुमै संकेत दिने एकजना चिकित्सकको अन्ततः सोही रोगको संक्रमणका कारण निधन भएको छ । उनको निधनको पुष्टि विश्व स्वास्थ्य संगठनले बिहिबार गरेको हो ।  ली वेनलिङ नाम गरेका ती डाक्टरले चीनमा कोरोना भाइरसको संक्रमण भित्रिन सक्ने चेतावनी डिसेम्बर महिनातिरै दिएका थिए । उनले त्यस्तो चेतावनी दिएपछि अनावश्यक हल्ला फैलाएको भन्दै उनलाई तत्काल प्रहरीले पक्राउ गरेको थियो ।  त्यसबेला उनी आफैं कोरोना भाइरसबाट संक्रमित भएका र डिसेम्बर ३० मा उनले आफ्ना विद्यार्थीहरु र चिकित्सकहरूलाई चेतावनी दिँदै केही बिरामीमा सार्स जस्तो भाइरसको लक्षण देखा परेको संकेत दिएका थिए । तर उनको सोही रोगका कारण दुःखद निधन भएको छ

Read More

कोरोना भाईरसबाट मृत्यू हुनेको संख्या ४ शय नाघ्यो, फिलिपिन्स र हङ्कङ्गमा १/१ जनाको मृत्यू

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको बताईएको छ। संक्रमितको संख्या २० हजार माथि पुगेको अनुमान छ। चिनियाँ अधिकारीहरूका अनुसार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ सय २५ पुगेको हो। यो भाइरसको संक्रमणले हिजो सोमबार मात्र ६४ जनाको मृत्यु भएको छ। त्यस्तै चीन बाहिर गत आइतबार फिलिपिन्समा एक जनाको मृत्यु भएको छ भने आज मात्र हङ्कङ्गमा एक संक्रमितको मृत्यू भएको बताईएको छ। चीनमा मात्रै २० हजार ४ सय ३८ जना कोरोनाको संक्रमणमा परेका छन्। चिनियाँ अधिकारीको भनाइ उद्धृत गर्दै अलजाजीराले जनाए अनुसार हुबेइ प्रान्तमा मात्र सोमबार २ हजार ३ सय ४५ जना कोरोना भाइरसबाट संक्रमित फेला परेका छन्। योसँगै हुबेइ प्रान्तमा मात्र

Read More

सिडि बिजय अधिकारी पत्नी मनिषालाई लुपस रोग : उपचार सहयोगार्थ दक्षिण कोरियामा आर्थिक संकलन अभियान

भोईस अफ नेपालको पहिलो सिजन बिजेता सिडि बिजय अधिकारी पत्नी तथा गायिका मनिषा राईलाई एक प्रकारको जटिल लुपस नामक रोग लागेको छ। खोटाङ्गमा जन्मिएकी राई सांगितिक यात्राको दौडान काठमाडौ आईपुगेपछी गायक सिडिसंग बैबाहिक बन्धनमा बाँधिएकी हुन्। केही समय अघि सिकिस्त बिरामी भई काठमाडौ स्थित केएमसी अस्पतालमा भर्ना गरिएको उनलाई लगभग तीन हप्तासम्म पनि सुधार नभएपछी अस्पतालले नै रेफर गरिदिएको भारतको नयाँदिल्ली स्थित मेदान्त अस्पताल लगिएको छ। अत्यन्तै जटिल एवं महंगो उपचार गर्नुपर्ने रोग भएको कारण उपचारका लागि संसारका विभिन्न ठाउँहरुमा आर्थिक संकलन अभियान संचालन गर्न थालिएको छ। दक्षिण कोरियामा भने गितकार दिपा मेवाहाङ् राईको संयोजनमा यो अभियान शुरु गरिएको छ। दक्षिण कोरियामा

Read More