Home > हतुवागढी कला साहित्य महोत्सव – २०७६

हतुवागढी कला साहित्य महोत्सव – २०७६ (फोटो फिचर)

तस्विर संग्रह : रमेशचन्द्र अधिकारी बिज्ञानराज कार्की चन्द्रमा राई अरुण आकाश बाबुराम प्रधान् प्रकाश् दिप्साली राजेश बिद्रोही श्रीशिशा राई निमेश सुब्बा हिरण राई माया मितु न्यौपाने

Read More

हतुवागढी कला साहित्य महोत्सव सकियो

अरुण आकाश हतुवागढी, ३ असार । भोजपुरको दक्षिणी क्षेत्रमा केही समय यता साहित्यिक गतिबिधिको निरन्तरता चलिरहेको छ। भर्खरै मात्र हतुवागढी फलामढुंगामा दुई दिने हतुवागढी कला साहित्य महोत्सव गत शनिबार सम्पन्न भएको छ । दुई दिन चलेको सो महोत्सवको पहिलो दिन भएको खुला कविता प्रतियोगितामा कवि तथा पत्रकार श्रीशिशा राईको संयोजकत्वमा कवि तथा उपप्राध्यापक राजेश बिद्रोही र कवि तथा पत्रकार मायामितु न्यौपाने सदस्य रहनुभएको निर्णायक टोलिले सुर्खेतका कवि विज्ञानराज कार्कीको मौन प्रश्न शिर्षकको कवितालाई प्रथम भएको घोषणा गरेको थियो। यसैगरी तेह्रथुमकी कवि इन्दु केसीको कफनमा फिरेको देश शिर्षकको कविता दोस्रो, हतुवागढीकै यादव समीर राईको कविता हेत्छाकुप्पालाई तेस्रो तथा सुनसरीका किरण शिवाको शासक ईश्वरहरु

Read More

मौन प्रश्न

(हतुवागढी कला साहित्य महोत्सव २०७६ द्धारा आयोजित खुला कविता प्रतियोगितामा प्रथम घोषित कविता) बिज्ञानराज कार्की भर्खरै सफल भएको छ बाध्यता मृत्युको हागाँमा झुन्डाउन- एक सुस्केरा जिन्दगी! उसरि नै सफल भएको छ एक जोडि आँखा परेलिमा झुन्डाउन- केही थोपा पीडा! के उ यसरी आफुलाई झुन्डाउन सक्ला - अस्तित्वको लहरामा! उ अर्थात देशप्रेमी! उसलाई भत्काउदा छातिमा भेटिनु पर्थ्यो- पुर्खाहरुका गौरवशाली छातीहरु, हातमा हुनुपर्थ्यो- आमाहरुका न्याना र प्रेरणादायी हातहरु, र बनि सकेको हुनु पर्ने थियो मस्तिष्कमा- भविष्य हिड्ने बाटाहरु, अंह त्यस्तो केही भेटिएन! बरु उसभित्र भेटिए ईतिहासका भग्नावशेष खंडहरहरु जसभित्र जतनका साथ राखिएका छ्न- देशले गुमाएका भुगोल र मदन भण्डारिहरु प्रतिबन्ध लगाईएका गित र कविताहरु बलात्कृत निर्मला र न्यायहरु जहिल्यै उसको छातिमा निर्धक्क ठडिएको हुन्थ्यो- नहोचिने स्वाभिमानको सगरमाथा, जहिल्यै उसको जिगरमा बलिरहेको हुन्थ्यो- ननिभ्ने हिम्मतको दियो, तर आज त्यो स्वाभिमानको सगरमाथा ढलेको छ, र

Read More

हतुवागढी कला साहित्य महोत्सवको तयारी अन्तिम चरणमा : उत्कृष्ट दस कविताको छनौट सकियो(बिबरण सहित)

हतुवागढी/ पछिल्लो समय भोजपुरको दक्षिणी क्षेत्र हतुवागढीमा साहित्यको माहोल निक्कै बढिरहेको छ। संविधानको घोषणा पश्चात् बनेको राज्यको तीन तह र लगभग दुई दशकपछी सम्पन्न भएको स्थानिय निर्वाचन र निर्वाचित स्थानिय सरकार बनेपछी स्थानिय तहमा नागरिकहरुको उत्साह बढेसंगै साहित्यिक चेतको बिकास पनि बढ्दो क्रममा छ। केही समय अघि मात्रै पात्लेपानी साहित्यिक महोत्सव सम्पन्न भएको हतुवागढिमा गत हप्ता मात्रै हसनपुर साहित्यिक जमघट सकिएको छ। सोही सिलशिलामा हतुवागढी कला, साहित्य तथा साँस्कृतिक प्रतिष्ठान हतुवागढीको आयोजनामा यहिँ जेठ ३१ र ३२ मा हतुवागढी कला साहित्य महोत्सवको आयोजना गरिएको छ। दुई दिनसम्म चल्ने सो महोत्सवमा देशका ख्यातिप्राप्त कवि लेखक पत्रकारहरूको आगमन हुने बताईएको छ भने महोत्सवलाई

Read More

हतुवागढिमा खुला कविता तथा सामुहिक लोक नृत्य प्रतियोगिता हुने

- अरुण आकाश हतुवागढी भोजपुर / भोजपुर जिल्लाको दक्षिणमा अवस्थित हतुवागढी गाउँपालिका अन्तर्गत हतुवागढी साहित्य कला तथा सँस्कृति प्रतिष्ठानको आयोजनामा याहिँ ०७६ जेठ ३१–३२ सम्म ‘हतुवागढी कला साहित्य महोत्सव–०७६’ का अवसरमा कविता र लोकनृत्य प्रतियोगीता गराइने भएको छ । विशेष गरेर हतुवागढी र समग्र रुपमै कला,साहित्य र सँस्कृतिको संरक्षण,सम्बर्द्धन र उन्नयनका लागि गठन भएको हतुवाली कला,साहित्य तथा साँस्कृतिक प्रतिष्ठानले हतुवागढी गाउँपालिका भोजपुरको आर्थिक बिनियोजनमा सो कार्यक्रम गर्न लागेको प्रतिष्ठानका सदस्य बिश्वजित राईले बताउनु भयो । कार्यक्रमको रुपमा यस्ता कृयाकलाप सरकारी तथा गैर सरकारी संघ सस्था तथा ब्यक्तिको सहयोगमा गर्दै रहने र अन्य कला साहित्यको गतिबिधी समेत प्रतिष्ठान आफैले अगाडी पनि गरि रहेको

Read More