Home > राज हाङ्खिम

गजल

-राज हाङ्खिम मेरा लागि गाउँ भन्दा ठूलो, शहर हुँदै हुदैन। किनकि यहाँ भरियाहरुको, कदर हुँदै हुदैन। बाले धेरै नपढाउनुको कारण थाहा भयो बुढेसकालमा आश्रम जाने, रहर हुँदै हुदैन। पिडा जति दिन्छौ देउ प्रभु घुम्ने पृथ्वीमा ठक्कर नखाई किनारको, बगर हुँदै हुदैन। दुश्मनले हानेको लाठी पनि काम लाग्छ जिन्दगीमा सधै मैदानको, सफर हुँदै हुदैन। मिडिया ब्यापार हो भन्ने प्रमाण छ मसँग पत्रीकामा केवल गरीबको, खबर हुँदै हुदैन। हतुवागढी - ६,भोजपुर

Read More

गजल

राज हाङ्खिम मर्न रहर छ मलाई, बाँच्न नलगाउनु। यसरी दाँत खसेपछी, हाँस्न नलगाउनु। हात नभएको मान्छेको पनि, मान हुन्छ अपमान गर्न मञ्चमा, नाच्न नलगाउनु। खुल्ला आकाश छुने प्रतिस्पर्धाको युगमा पिँजडाभित्र जिन्दगानी, राख्न नलगाउनु। फूल जस्तो फक्रिएर, भमरा हेर्न मन छ फुल्नै नपाई कोपिला, भाँच्न नलगाउनु। बा! हजुरको चिहान सुनकै बनाउँला बरु सम्पत्तिसँग मेरो जवानी, साट्न नलगाउनु। हतुवागढी:-६,भोजपुर

Read More