Home > रामप्रसाद राई

नेपाली राजनैतिक ईतिहासमा जनयोद्धा रामप्रसाद राईका चार प्रमुख योगदानहरु

भोगीराज चाम्लिङ रामप्रसाद राईको बारेमा हामी सबै परिचित छौं । उहाँको बारेमा धेरै भनिरहनु जरुरी छैन । उहाँको व्यक्तिगत जीवन, राजनीतिक संघर्षका कुरामा प्रवेश नगरीकन म सिधै उहाँका योगदानहरु के के हुन् जुन योगदानले उहाँलाई राष्ट्रिय विभूति घोषणा गर्न सकिन्छ भनेर तीन/चारवटा कुरा राख्छु । मैले रामप्रसाद राईले यो देशका लागि चारवटा मुख्य योगदान गर्नुभएको देखेको छु । पहिलो  २००७ साल मंसिर ११ गते भोजपुरमा केही राजनीतिक व्यक्तित्वहरु, दोस्रो विश्वयुद्धबाट फर्किएका योद्धाहरु र रामप्रसाद राईलगायत मिलेर एउटा गोप्य बैठक बस्नुभएको थियो । त्यो बैठकले अब राणाहरुविरुद्ध संघर्ष गर्ने र संघर्षको सैनिक नेतृत्व वा जनमुक्ति सेनाको नेतृत्व रामप्रसाद राईले गर्ने भन्ने

Read More

प्रजातान्त्रिक योद्धा राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

काठमाडौँ, १९ फागुन । वि.सं. २००७ सालको क्रान्तियोद्धा जननायक रामप्रसाद राईको १११औँ जन्मयजन्तीका अवसरमा आइतबार रामप्रसाद राई स्मृति प्रतिष्ठान केन्द्रीय कार्यसमितिले एक विचार गोष्ठीको आयोजना गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यमा प्रज्ञा भवन, कमलादीमा आयोजना गरिएको ‘प्रजातान्त्रिक योद्धा रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने आधार’ विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री ढकालले निरंकुश राणाशासन विरुद्धको क्रान्तिमा मुक्तिसेनाको अगुवाई गरी देशलाई उज्यालो बनाउन चाहने उज्यालोकर्ता जननायक रामप्रसाद राईलाई सरकारबाट राष्ट्रिय विभूति घोषणा गराउनका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता प्रकट गर्नुभयो । उहाँले भोजपुरका गाउँबाट सुरु भएको राईको अगुवाईको क्रान्तिले एक घन्टा नै भए पनि सिंहदरबार कब्जा

Read More