Home > संगीत मगर

कविता : भ्रम

संगीत मगर - दाङ् व्यस्त बजार भन्दा प…रको क्याफेमाभयो केही यस्तो कीरोकियो नजर अनायासै तिमीमामैले देखेँ-सिर्फ तिमीलाई देखेँ। मुस्कुरायौ तिमीचिरपरिचित मुस्कुरायौसबै-सबै सुन्दरताहरुआकर्षणहरु अनुहारमा लिएर मुस्कुरायौ।सामुन्ने थियौ तिमीम स्पष्ट देख्दथेँ खैरा ति आँखाहरु -ठोक्किएर यि आँखासँगतेज भइदियो मुटुको गति।मैले हात बढाएँतिमी तिर हात बढाएँ-उत्सुक्ताले-उमङ्गले-बेहद अनुरागले हात ठोक्किएपछि पो थाहा पाएँहाम्रो बिचमा त सिसा पो रहेछ।

Read More

पश्चिमबाट पूर्व नियाल्दा

संगीत मगर   "पहिले पनि पुगिसकेको थिएँ धरान । मन परेको सहरमा दर्ज भएथ्यो । वस् ‘मन पर्ने सहरमा जाने मौका पाउँदैछु,’ यो भन्दा बढी सोचिनँ । त्यो अवसरलाई समाउन जस्तोसुकै कष्ट पनि उठाउन राजी भएँ ।" कुनै कुनै कुरा त यत्तिकै प्रिय लाग्छन् । तर्क वितर्क या उत्तर आफूसँग हुँदैन, न त प्रश्नै हुन्छ । पूर्व मेरा लागि पनि त्यस्तै अकारण मन परेको भूगोल हो । यसका कारण र उत्तरहरु मसँग छैनन् । पहिलोपटक धरान पुग्ने अवसर बि.सं.२०७५ मा मिलेको थियो । त्यतिबेला विमल गुरुङ स्मृती पुस्तकालयले गरेको राष्ट्रिय कविता प्रतियोगितामा छनोटमा परेर पूर्व पुगको थिएँ । तर, त्यसको ठीक एक वर्षपछि अचानक

Read More

कविता : भिन्नता

संगीत मगर एकातिर राखेर सारा यथार्थहरु कसरी पुग्न सक्छ रुमानी हरफले? तिमी शिरै भरी सिउरी दिन सक्छौ पहराको रातो गुराँस - प्रेमले तर तिम्रो नामको सिन्दुरले सजिएको छ अरु नै‌ कसैको सिउँदो त्यसक्षण गुराँसको रङ फिक्का पर्छ सिन्दुरको रङ को अघि। चाहे तिमी कविता लेख तिम्रा हरेक हरफमा मलाई समेट तर जब कविता बजारमा आउनेछ समर्पणमा हुनेछ अरुनै कसैको नाम मानिलिउँ... मानिलिउँ देह त्याग गर मेरो नाममा तर तिम्रो मृत शरिरमा घोप्टिएर रुने अधिकार त अरु सँगै छ त्यसक्षण भावना/प्रेम कमजोर सावित हुनेछ नियमको अघि। जब कतै भेटिने छौ साँघुरो गल्ली/बाटो किनार तिमी एक जोडी चुपचाप बाटो छोड्ने त मैले नै‌ हो तिमी जे सुकै भन। सारा समाज एकातिर छोडेर सातजन्मको बाचा एकातिर राखेर कसरी त्यो दिल मेरो नाम गर्न सक्छौ? कसरी बहिरो बन्न सक्छौ - अबोध छोरीको चित्कारमा? कसरी कुल्चिन सक्छौ आफ्नै‌जिवन संगिनीको

Read More

मेरि आमा, मेरी आदर्श

-संगीत मगर हाई स्कुलदेखि नै बिमाबारे व्यवस्थापन संकायमा पढियो । हरेक परीक्षामा ‘बिमा गर्दा अर्को एकजना इच्छाएको व्यक्ति राख्नुपर्छ’ भनेर पनि लेखियो । तर अपसोस व्यवहारमा भने भुसुक्कै बिर्सिहालेको रहेछु। फर्म भर्दै जाँदा ‘इच्छाइएको व्यक्तिको नाम/थर’ आउँदा पो झल्याँस्स याद आयो । कसको नाम राखूँ ? दिदीको ? भाइको ? कि बुबाको ? सर्रर सबैको नाम सम्झें । तर लेखेँ आमाको नाम – ‘दलसरी रोका ।’ जब आमाको नाम लेखें । फेरि अर्को प्रश्न आयो – ‘इच्छाइएको व्यक्तिको माता-पिताको नाम ।’ मावल हजुरबुबा-हजुरआमाको नाम पनि बिर्सिएछु । स्वर्गे हुनु भएको पनि वर्षौं भइसक्यो । उहाँहरुसँग संगत गर्दा हामी सानै थियौं । बोल्दा ‘बाजु-बुजु’ भन्थ्यौं

Read More