Home > हतुवागढी

हतुवागढिले ‘लकडाउन’ प्रभावकारी बनाउन स्वयंसेवक भर्ना गर्दै

हतुवागढी, २६ चैत। भोजपुर जिल्लाको हतुवागढी गाउँपालिकाले सिमा नाकाहरु बन्द गर्ने प्रयोजनार्थ स्वयंसेवक भर्ना गर्ने भएको छ। बिश्वब्यापि महामारिको रुपमा फैलिएको कोरोना भाईरसका कारण देश ब्यापी 'लक डाउन' गरिएपछी हतुवागढी गाउँपालिकाले तराईबाट हतुवागढी प्रबेश गर्ने मुख्य नाकाहरुमा कडाइका साथ मानविय आवागमनलाई बन्देज गरेको छ। सोही प्रयोजनार्थ अरुण र दुधकोशी नदिमाथिका झोलुङ्गे पुलहरुमा सुरक्षाकर्मी सहितको नियन्त्रण टोलि राख्ने गाउँपालिका अन्तर्गतको Rapid Response Team को निर्णय अनुसार स्वयंसेवक परिचालन गर्न लागिएको हो। हिजो चैत २५ गते हतुवागढि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खतिवडाद्धारा हस्ताक्षरित सुचना अनुसार चैत २५ गते बसेको RRT को बैठक निर्णय अनुसार हतुवागढि वडा नम्बर ६ स्थित (अरुणनदिमाथी) सुनबालुवा

Read More

संघियता कार्यन्वयनसँगै आशा जाग्दै, कार्यक्रमसँगको आशा र भरोशा ।

शंकरहरि खालिङ्ग पूर्वको कर्णाली भनेर सम्बोधन गरिने भोजपुर एकिकृत राज्य व्यवस्थाबाट सधै उपेक्षित रह्यो । केन्द्रको नजरमा कहिले परेन भोजपुर । भोजपुरमा पनि हतुवागढी सधै पहुचबाहिर भयो । आर्थिक वर्ष ०७६÷७७ कालागि प्रदेश नम्बर १ को प्रदेश सरकारले ४२ अरब २० करोड ४ लाख १२ हजार रुपैयाको बजेट संसदमा पेश गरेको छ । यो बजेट पोहोर साल भन्दा करिव ६ अरबले बढि हो । सरकारले बजेटमा कृषि, पूर्वाधार निर्माण र पर्यटनलाई प्राथमिकतामा राखेको उल्लेख गरेको छ । मुलुक संघियतामा गएसँगै हतुवागढी सरकारी योजनाहरुमा समेटिन शुरु भएको छ । यस वर्ष भरखरै संघिय तथा प्रदेश सरकारहरुले संसदमा बजेट तथा कार्यक्रम पेश गरेका छन्् ।

Read More

हतुवागढिमा बहुसाँस्कृतिक कार्यक्रम

रबिन थापा "बगाले" हतुवागढी, ३० जेठ । आदिबासी जनजाती महासंघ हतुवागढी गाउँपालिकाको आयोजनामा हिजो जेठ २९ गते एक कार्यक्रमका बिच आदिबासी जनजाती साँस्कृतिक प्रबर्द्धन कार्यक्रम - २०७६ को उद्घाटन गरिएको छ। "अधिकार, प्रतिनिधित्व, स्वायत्तता/स्वशासनका लागि आदिबासी जनजातिको आव्हान-पहिचान सहितको संघियताका लागि हाम्रो साझा अभियान" भन्ने नारा सहित शुरु गरिएको साँस्कृतिक कार्यक्रममा विभिन्न जनजातीसंग सम्बन्धित संस्थाहरुले जातिय संस्कार/संस्कृतिजन्य झाँकी र प्रस्तुतिहरु दिनेछन्। हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको कार्यक्रममा किरात राई यायोक्खा हतुवागढिले हतुवाली साकेन्वा, नेपाल तामाङ्ग घेदुङ् हतुवागढिले डम्फु सेलो, नेपाल मगर संघ हतुवागढिले हुर्रा र सोरठी नाच, नेवा: दय दबु हतुवागढिले लाखे र लट्ठि नाच प्रदर्शन गरेका थिए। आदिबासी जनजाती

Read More

सगरमाथा मा. वि. मा छ लाख रुपैँया बराबरको संयुक्त पुरस्कार बितरण

रबिन थापा "बगाले" हतुवागढी, २८ जेठ । सगरमाथा माध्यमिक बिद्यालय हतुवागढी घोडेटारमा आज एक समारोहका बिच संयुक्त पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ। विभिन्न अवसर/स्मृतिहरुमा बिद्यालयको हित तथा उन्नयनका लागि विभिन्न ब्यक्ती र संस्थाहरुद्धारा बिद्यालयमा स्थापना गरिएका पुरस्कार कोष/अक्षयकोष हरुको संयोजनमा सो कार्यक्रम संचालन गरिएको हो। बिद्यालयमा स्थापना गरिएका र संयुक्त पुरस्कार बितरणमा संलग्न पुरस्कार कोष/अक्षयकोष/गुठी हरु :- १. स्व. जनकमाया राई स्मृती गुठी २. स्व. सृजना राउत स्मृती पुरस्कार ३. Hatuwali Brothers Group Memorial Trust ४. मौसम स्मृती शैक्षिक पुरस्कार कोष ५. बगाले थापा कल्याणकारी परिषद ६. ईन्द्र-बराह ज्वेलरी ईन्डस्ट्रीज लि. धरान ७. स्व. हस्तबहादुर र पञ्चमाया राई स्मृती पुरस्कार ८. सभासद कृपाशुर शेर्पा पुरस्कार कोष ९. स्व. सारथी राई स्मृती

Read More

हतुवागढी कला साहित्य महोत्सवको तयारी अन्तिम चरणमा : उत्कृष्ट दस कविताको छनौट सकियो(बिबरण सहित)

हतुवागढी/ पछिल्लो समय भोजपुरको दक्षिणी क्षेत्र हतुवागढीमा साहित्यको माहोल निक्कै बढिरहेको छ। संविधानको घोषणा पश्चात् बनेको राज्यको तीन तह र लगभग दुई दशकपछी सम्पन्न भएको स्थानिय निर्वाचन र निर्वाचित स्थानिय सरकार बनेपछी स्थानिय तहमा नागरिकहरुको उत्साह बढेसंगै साहित्यिक चेतको बिकास पनि बढ्दो क्रममा छ। केही समय अघि मात्रै पात्लेपानी साहित्यिक महोत्सव सम्पन्न भएको हतुवागढिमा गत हप्ता मात्रै हसनपुर साहित्यिक जमघट सकिएको छ। सोही सिलशिलामा हतुवागढी कला, साहित्य तथा साँस्कृतिक प्रतिष्ठान हतुवागढीको आयोजनामा यहिँ जेठ ३१ र ३२ मा हतुवागढी कला साहित्य महोत्सवको आयोजना गरिएको छ। दुई दिनसम्म चल्ने सो महोत्सवमा देशका ख्यातिप्राप्त कवि लेखक पत्रकारहरूको आगमन हुने बताईएको छ भने महोत्सवलाई

Read More

घोडेटारमा बजार अनुगमन

रबिन थापा "बगाले" हतुवागढी/ घरेलु तथा साना उद्योग बिकास समितिको कार्यालय भोजपुरले आज "उपभोक्ता हित संरक्षणका लागि सचेतना कार्यक्रम" हतुवागढी घोडेटारमा सम्पन्न गरेको छ। हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको अध्यक्षता तथा हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईको प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा उपभोक्ताका हक हित तथा बजारको बारेमा बरिष्ठ उद्योग अधिकृत चेतराज गौतमले जानकारी गराउनुभयो। विशेष अतिथिका रुपमा बोल्दै प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले हतुवागढिमा आईपर्ने हरेक समस्याहरुलाई समाधानका लागि हरदम सहयोग पुर्‍याउन आफू तयार रहेको बताउनुभयो। नागरिक समाज, कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखा अधिकृत, सहायक प्रमुख जिल्ला अधिकारी, उद्योग बाणिज्य संघ भोजपुरका अध्यक्ष तथा घोडेटार शाखाका अध्यक्ष एवं स्थानिय प्रशासन, व्यापारी,

Read More

हतुवागढीमा ईन्फोनेटको ईन्टरनेट सेवा शुरु

हतुवागढी/ भोजपुरको दक्षिण क्षेत्र घोडेटारमा ईन्फोनेट टेक्नोलोजीको ईन्टरनेट सेवा संचालनमा आएको छ। घोडेटार कम्प्यूटर सेन्टरले Web IP प्रणाली प्रयोग गरि ईटहरिबाट फाईबर लिंक गरि भोजपुरको हतुवागढी, आमचोक, रामप्रसाद राई गाउँपालिकाहरुमा स्तरिय सेवा पुर्‍याउने लक्ष्य सहित सेवा शुरु गरिएको संचालक आशिष निरौलाले बताउनुभएको छ। उहाँका अनुसार उल्लेखित स्थानहरु बाहेक पुर्वी भोजपुरका गाउँ बस्तिहरुमा समेत ईन्टरनेट पहुँच पुग्न सक्नेछ। दस लाख रुपैँयाभन्दा बढी लगानी गरि हतुवागढिमा सेवा संचालन गरिएको ईन्फोनेट ईन्टरनेटको सेवालाई घोडेटार बजार क्षेत्रमा फाईबरबाट तार जोडेर सेवा प्रदान गरिनेछ भने अन्य ठाउँहरुमा नानो स्टेसन, रकेट सेक्टर प्रबिधिको प्रयोग गरि सेवा प्रवाह गरिनेछ। हतुवागढी सुरक्षा बेस क्याम्प नजिकै राखिएको टावरबाट उच्च गति र क्षमताको

Read More

हतुवागढीमा २१ करोड ४६ लाख बजेट

  हतुवागढी/ गत जेठ १५ गते संघीय सरकारले आगामी आर्थिक बर्ष २०७६/०७७ को बजेट संघीय संसदमा प्रस्तुत गर्‍यो । नौ वटा स्थानीय तह रहेको भोजपुरमा २ अर्ब १८ करोड २ लाख अनुदान प्राप्त भएको छ । दुई वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेको भोजपुरमा नगरपालिकातर्फ षडानन्द नगरपालिकाले सबैभन्दा धेरै र गाउँपालिकातर्फ ट्याम्के मैयुङ् गाउँपालिकाले धेरै अनुदान प्राप्त गरेका छन् । यो अनुदान वित्तिय समान्यीकरण र ससर्त अनुदान हो । यो रकम बाहेक स्थानिय तहहरुले राजस्व बाँडफाडँ, विशेष अनुदान र समपूरक अनुदानबाट पनि थप रकम पाउनेछन् । कुन स्थानिय तहमा कति अनुदान ? १. षडानन्द नगरपालिका - ३५ करोड ३४ लाख , २. भोजपुर नगरपालिका -

Read More

हसनपुरमा साहित्यिक जमघट तथा नृत्य प्रतियोगिता सम्पन्न

अरुण आकाश हतुवागढी / भोजपुर जिल्लाको हतुवागढी गाउँपालिका वडा नम्बर ९ हसनपुरमा "ऐतिहासिक साहित्यिक जमघट २०७६" कार्यक्रम सम्पन्न भएको छ। हतुवागढी गाउँपालिका वडा नं.९ को आर्थिक सहयोग र हसनपुर कला साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न उक्त कार्यक्रम प्रतिष्ठानका कार्यबाहक अध्यक्ष भोटमान राईको अध्यक्षता र वडा नं. ९ का वडा अध्यक्ष हेमराज राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा चर्चित साहित्यकारहरु श्रीशिशा राई र ईन्द्रसुर बेल्टारेले आफ्ना चर्चित र नयाँ कबिताहरु प्रस्तुत गर्नु भएको थियो । सोही कार्यक्रममा साहित्यकार बिश्वजित राई र प्रकाश दिप्साली राईलाई नगद र प्रमाणपत्र द्वारा सम्मान गरिएको थियो । यसै गरि कार्यक्रममा साहित्यकारहरु सरोज दर्नाल, निरु राई अल्पभाषी, अर्जुन राई अपहेलित,

Read More

हतुवागढिमा सोलार प्रणाली बितरण

हतुवागढी । हतुवागढी गाउँपालिकाका ८७ घर विपन्न परिवारलाई सोलार सेट वितरण गरिएको छ । वैकल्पिक उर्जा प्रवर्धन केन्द्र, जर्मन सहयोग नियोग र गाउँपालिकाको साझेदारिमा हतुवागढी गाउँपालिकाको ७ र ८ नम्बर वडाका ८७ घरधुरी विपन्न परिवारलाई सोलार वितरण गरिएको हो । तत्काल विद्युत विस्तार गर्न नसकिने वडाका विपन्न र हाल सम्म सोलार समेत किन्न नसकेका ८७ घरधुरीलाई सोलार वितरण गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो। आगामि वर्ष यसलाई थप विस्तार गरिने वहाँको भनाइ छ । प्रत्येक विपन्न परिवारलाई ५० वाट क्षमताको सोलार सेट प्रदान गरिएको हो । आर्थिक हिसावले विपन्न रहेका एकल महिला , दलित, जनजातिलाई प्राथामिकतामा राखेर सोलार सेट प्रदान गरिएको जर्मन

Read More